Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०८२

असार २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०८२

आजका मुख्य समाचार,

* बर्दियाबाट रसुवामा श्रम गर्न गएका पाँच जना बाढीमा वेपत्ता हुँदा गाउँ नै शोकमा / राजमार्ग क्षतविक्षत, यातायात ठप्प / पैदल यात्रा गर्न खोलामा फड्के र भिरमा डोरीको सहारा ।

* संवैधानिक परिषद् ऐन संविधानको मर्म र भावनाविपरीत संशोधन / संवैधानिक व्याख्यामा न्यायपालिका चुक्दा कार्यपालिका स्वेच्छाचारी हुनसक्ने जोखिम ।

* नेपाली काँग्रेसमा कारवाही विवाद चर्कियो / निर्वाचनमा अन्तर्घात गरेको भन्दै तीन बर्षपछि अनुशासन समितिले कांग्रेसका १८ नेतालाई गरेको कारबाही अस्वीकार गर्ने कोइराला समूहको निर्णय ।

* अमेरिका आयात हुने तामामा अगष्ट १ देखि ५० प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पको घोषणा / ब्राजिललाई १० प्रतिशतबाट बढाएर ५० प्रतिशत कर लगाउने चेतावनी ।

* नेपाल सुपर लिग -एनपीएल राष्ट्रिय गौरवको विषय भएकाले नरोक्न खेलकुद मन्त्रालय र राखेपलाई निर्देशन / दशौं राष्ट्रिय खेलकुद मंसिरमा गर्ने प्रधानमन्त्रीको घोषणा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.