डिफेन्डिङ च्याम्पियन अल्फी हेवेट विम्बल्डन पुरूष व्हिलचेयर एकलको फाइनलमा

असार २८, २०८२ |खेल ब्युरो
डिफेन्डिङ च्याम्पियन अल्फी हेवेट विम्बल्डन पुरूष व्हिलचेयर एकलको फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अल्फी हेवेट विम्बल्डन पुरूष व्हिलचेयर एकलको फाइनलमा प्रवेश गरेका छन्। 

उनले गएराति भएको खेलमा मार्टिन डे ला पुएन्टेलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा उपाधि रक्षा अभियानको फाइनलमा पुगेका हुन्।

गत वर्षको फाइनलमा पनि यी दुई खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। सो खेलमा हेवेटले जित हासिल गर्दै पहिलो पटक उपाधि जितेका थिए। यसपटक पनि हेवेटले आफ्ना स्पेनिस प्रतिद्वन्द्वीमाथि दबाब बनाउँदै पहिलो सेटमा एकतर्फी जित हासिल गरे। 

उनले दोस्रो सेटमा कडा प्रतिस्पर्धापछि ६-० र ७-५ ले विजयी भएका हुन्। २७ वर्षीय हेवेटले पहिलो खेलमै डे ला पुएन्टेको सर्भिस ब्रेक गरे र त्यसपछि खेलमा नियन्त्रण कायम राखे। 

उनले अब फाइनलमा शीर्ष वरीयताका टोकिटो ओडासँग खेल्नुपर्नेछ। ओडाले अर्को सेमिफाइनलमा गुस्ताभो फर्नान्डेजलाई ७-५ र ६-१ ले पराजित गरेका थिए। हेवेट आफ्नो १० एकल उपाधिमा थप गर्न चाहन्छन् र विम्बल्डनमा लगातार दोस्रो वर्ष एकल तथा युगल दुवै उपाधि जित्ने अवसरमा छन्।