Kantipur Samachar | कान्तिपुर समाचार, २४ असार २०८२

असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २४ असार २०८२

आजका मुख्य समाचार,

* रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ७ जनाको मृत्यु / २० जना बेपत्ता, ५७ को उद्धार / आकस्मिक बाढी आउनुको कारण खोजिँदै / चीनमा हिमताल विस्फोटको आशंका ।

* बाढीले मितेरी पुल बगाउँदा रसुवागढी नाका ठप्प / २ सय ५० मेगावाट बराबरका जलविद्युत आयोजनामा क्षति / सामान भरिएका कन्टेनरसहित ६४ वटा सवारीसाधन बगायो ।

* उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकको लगातारको आन्दोलनका कारण बिरामीलाई सास्ती / सरकारसँग वार्ता गरिरहँदा पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प ।

* अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उच्च आयात करको व्यवस्था थप केही दिनका लागि स्थगित / जापान र दक्षिण कोरियालगायत १४ देशलाई अझै उच्च आयात कर लगाउने चेतावनी ।

* नेपाली टिम मेलेसियामा अर्को साता हुने डेभिस कपको अन्तिम तयारीमा / सरकारले बेवास्ता गर्दा खेलाडी व्यक्तिगत खर्चमै अभ्यास गर्दै / वरियता खस्कन नदिने लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.