आजका मुख्य समाचार,
* सत्तारुढ कांग्रेसको विरोधपछि भूमि विधेयक पारित गर्नबाट पछि हट्यो सरकार / हदबन्दीबारे समितिबाटै टुंगो लगाउनुपर्ने अडान / कांग्रेसले दोहोरो चरित्र देखाएको एमालेको आरोप ।
* तिब्बततर्फ हिमताल फुट्दा रसुवामा बाढी आएको विपद् प्राधिकरणको प्रष्टोक्ति / स्याफ्रुबेसीबाट केरुङ नाका जाने अधिकांश सडक क्षतविक्षत / मितेरी पुल बनाउन चीनलाई आग्रह गरिने ।
* राजनीतिक पहुँचका आडमा किर्ते गरी दाङकी मुलजिता रोक्काको जग्गा अर्कैलाई बिक्री / गल्ती भएको मालपोतको स्वीकारोक्ति / जग्गा फिर्ताको लागि पीडित अदालत धाउँदै ।
* युक्रेनलाई थप हतियार सहयोग गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकृति / रुसमाथि कठोर प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा समर्थन जनाउने संकेत ।
* महिला फुटबल टिममा उत्पन्न सबै विवादका लागि प्रशिक्षक प्याट्रिक जिम्मेवार रहेको एन्फाको आरोप / उज्बेकिस्तान जानुअघि नै कप्तान तोक्न आग्रह गर्दा नमानेको दाबी ।