मकवानपुर प्रहरीद्वारा जुवा खेलिरहेका जुवाडेहरू पक्राउ

असार २८, २०८२ |बालकृष्ण अधिकारी
मकवानपुर प्रहरीद्वारा जुवा खेलिरहेका जुवाडेहरू पक्राउ

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका-५ स्थित राजदमारबाट मकवानपुर प्रहरीले ठुलो संख्यामा जुवा खेलिरहेका जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय फापरवारी, प्रहरी चौकी हात्तीसुडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट गएको २१ जनाको प्रहरी टोलीले २२ जना जुवाडेलाई जुवाको खालबाट पक्राउ गरेको हो ।

शनिबार बिहान १ बजेको समयमा स्थानीय मिलन थिङको घरमा कौडा खेलाइरहेको अवस्थामा जुवाको खालबाट आठ लाख ३६ हजार ४० रूपैयाँसहित २२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

पक्राउ पर्नेमा घरधनी बकैया गाउँपालिका-५ राजदमारका ४६ वर्षीय मिलन थिङ, हेटौँडा उपमहानगरपालिका-१८ का वर्ष ४५ को कमल थापा, सिन्धुली दुधौली नगरपालिका-२ बस्ने वर्ष ३७ को कैलाश धामी, हेटौँडा-८ कमानेका वर्ष ५३ को फडिन्द्र प्रसाद घिमिरे र हेटौँडा १६ हटियाका वर्ष ४६ रमेश महत रहेका छन् । 

यस्तै, मकवानपुरको बागमती गाउँपालिका-६ पाथीभाराका वर्ष ४५ को शेरबहादुर राना सोही स्थानका वर्ष ३३ को दीपक दोङ, बागमती गापा ५ झुरझुरेका वर्ष ४६ को रवि चौधरी, रौतहट गौर नगरपालिका ९ बस्ने वर्ष ५५ ईश्वर चौधरी, मकवानपुर बकैया गा.पा. ७ बस्ने वर्ष ३८ को रोहन लुङवा र हेटौँडा-४ हुप्रा बस्ने ५२ वर्षीय कृष्ण लामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैगरी, मकवनापुरको बागमती गाउँपालिका-७ का वर्ष २२ को विजय तामाङ, रौतहट बोधिमाई नगरपालिका-८ का ३५ वर्षीय विजय साह कलवार, बकैया गा.पा. ४ जुरेली बस्ने वर्ष ५५ को गेहेन्द्रबहादुर थिङ, बागमती गापा ७ बस्ने वर्ष ४० को राजकुमार फुयाल र बागमती गापा ५ का वर्ष ३० का अणराज राउतलाई जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ ।

साथै सिन्धुली मरिण गाउँपालिका-३ का वर्ष ४९ को बेनीबहादुर मुक्तान, मरिण गापा ६ का ४३ वर्षीय उमेश माझी, सिन्धुली कमलामाई नगरपालिका-१० का वर्ष ५५ का शेरबहादुर थापा, हेटौँडा-९ लामसुरे बस्ने वर्ष ३७ को दिनेश लामा, हेटौँडा ८ कमाने बस्ने वर्ष ३६ को चितबहादुर पाख्रिन र हेटौँडा-१८ ठुलोदमारका वर्ष ३५ का अशोक श्रेष्ठलाई जुवा खेरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।