आजका मुख्य समाचार,
* आफताबले सफाई पाएपछि रौतहट बमकाण्डका जिवित साक्षी गौरीशंकर जलेको शरीर लिएर काठमाडौंमा/ डरै-डरकाबिच न्यायका लागि सञ्चारमाध्यममा बयान/ दोषीलाई कारबाही गर्न माग।
* कृषि र साना तथा मझौला उद्योगीको समस्या सम्बोधन गर्ने गरि मौद्रिक नीति आउने राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भनाइ/ शक्तिशाली सम्पत्ति व्यवस्थापन कम्पनी बनाउन बैंकरहरुको सुझाव ।
* मधेश प्रदेशको बजेटमा बिचौलिया हाबी भएको भन्दै पुनर्लेखनको माग/ सदन लगातार अवरोध/ प्रतिपक्षीको मागअनुसार पूरक प्रस्ताव ल्याइएपछि बागमतीको बजेटमा बल्ल छलफल सुरु।
* गाजा युद्धविराम र बन्धक रिहाई सम्बन्धी प्रस्तावमा हमाससँग वार्ता गर्न इजरायली टोली कतारमा / ६० दिनको युद्धविराममा १० जिवित र १८ मृत बन्धक रिहाइको प्रस्ताव ।
* करेन क्याचिनो बने जारी विम्बल्डनको क्वार्टरफाइनल पुग्ने पहिलो खेलाडी/ अन्तिम ८ मा टेलर फिट्र्जसँग भिड्ने/ अन्तिम १६ मा आज कार्लोस अल्काराजले एन्डी रुवलेभसँग खेल्ने ।