Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०८२

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १९ असार २०८२

आजका मुख्य समाचार,

* चोभार गल्छीबाट वागमतीको पानी निकासका लागि ढुंगा निकाल्ने विषय विवादमा / विस्तृत अध्ययन नहुँदा सर्वत्र विरोध / नदीको बहाव क्षेत्र अतिक्रमण रोक्न कसैको छैन ध्यान ।

* वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने समूह सक्रिय / सप्तरीमा १६ जनाबाट झण्डै ६४ लाख रूपैयाँ ठगी / छानबिन र कारबाही नहुँदा विपन्नको बिल्लीबाठ ।

* संसदको सार्वभौमिकता माथि नै कू भएको निजामती विधेयकमा छानबिन गर्न सभामुखको आलटाल / प्रधानमन्त्री देशबाहिर रहेको बहाना / हतार-हतार विधेयक राष्ट्रिय सभामा पठाएकोमा आलोचना ।

* असारे विकासको भुक्तानी दैनिक १ अर्ब / वर्षातमा ठेकेदारले निर्माणकार्य बढाउँदा गुणस्तरमा प्रश्न / कुल गार्हस्थ्य उत्पादनमा गम्भीर असर परिरहेको विज्ञको दाबी ।

* प्रधानमन्त्री ओली स्पेनिस जायन्ट रियाल मडि्रडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा / मड्रिडद्वारा केपी ओली लेखिएको ७ नम्बरको आइकोनिक जर्सी उपहार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.