आजका मुख्य समाचार,
* निवृत्तिभरण कोषमा नगएका सरकारी निकायका नयाँ कर्मचारीले अबदेखि पेन्सन र उपदान नपाउने / योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न अर्थ मन्त्रालयको परिपत्र ।
* प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर स्वदेश फिर्ता / वित्त सम्मेलनका प्रतिबद्धता कार्यान्वयन गर्न विश्व समुदायलाई आह्वान / नेपालको विकासमा साथ दिन दातृ निकायलाई आग्रह ।
* नागरिक उन्मुक्ति पार्टीले समेत फिर्ता लियो सरकारलाई दिएको समर्थन / निर्णय प्रक्रियामा उपेक्षा गरिएको आरोप / बहुमत नगुमे पनि सरकार नैतिक दबाबमा ।
* अमेरिकामा कर कटौती र खर्चसम्बन्धी विधेयक संसद्बाट पारित / १० वर्षमा ३३ खर्ब डलर संघीय घाटा थपिने / लाखौँ मानिस स्वास्थ्य बिमाबाट बञ्चित हुनसक्ने ।
* प्रदेश सरकारहरुले खेलकुदका लागि ल्याएको बजेटमा छैन ठूला पूर्वाधार निर्माणको प्राथमिकता / भएकै बजेट कार्यान्वयन हुनेमा आशंका / कतिपयको शीर्षक नै अस्पष्ट ।