आजका मुख्य समाचार,
* संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासका न्यायाधीशहरुको छलफल सकियो / साढे चार वर्षदेखि विचाराधीन रिटको फैसला सुनाउने तयारी ।
* निजामती विधेयकमा भएको जालसाजीको कसैले लिएनन् जिम्मा / सांसद र कर्मचारीद्वारा एक अर्कालाई दोषारोपण / उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न सभामुखद्वारा परामर्श सुरु ।
* सञ्चालनमा नआउँदै भत्कियो सिक्टा सिँचाइ आयोजनाको ११ किलोमिटर लामो शाखा नहर / ठाउँ-ठाउँमा चिरा र भ्वाङ / गुणस्तरीय काम नहुँदा दोहोरो खर्च ।
* आफ्नो उत्तराधिकारी अरु कसैले चयन गर्न नसक्ने दलाई लामाको भनाइ / आफ्नै फाउण्डेशनले चुन्ने प्रष्टोक्ति / चीन भन्छ- लामाको उत्तराधिकारी हामी चयन गर्छौं ।
* एएफसी महिला एसियन कप छनोटमा नेपाल र श्रीलंकाबीचको खेल जारी /नेपाललाई ६-० को अग्रता/साबित्रा भण्डारीको लगातार दोस्रो ह्याट्रिक ।