Kantipur Samachar | कान्तिपुर समाचार, १५ असार २०८२

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १५ असार २०८२

आजका मुख्य समाचार,

* कर्मचारीको दबाबअघि गलेन नेतृत्व / दुई वर्षे कुलिङ पिरियडसहित निजामती विधेयक प्रतिनिधि सभाबाट पारित / असार १५ मा शिक्षा विधेयक ल्याउने घोषणामा भने असफल ।

* न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलले निष्पक्ष न्याय सम्पादन गर्न सक्नेमा सांसदहरुको आशंका / गम्भीर प्रश्न उठाउँदै प्रक्रियाबाटै अलग हुन एमाले सांसदको सुझाव ।

* असारलाई धान रोपाइँको उत्सव बनाइए पनि किसानलाई भने मल-बीउ-सिँचाइकै पिरलो / बर्सेनि १० लाख टन धान अपुग/ आत्मनिर्भर बन्ने सरकारी पहल सधैँ फितलो ।

* युद्धविरामको प्रयास जारी रहँदा उत्तरी गाजाका केही क्षेत्र छाड्न प्यालेस्टिनीलाई इजरायलको आदेश / युद्ध अन्त्य र बन्धक रिहा गर्न अमेरिकाको आह्वान ।

* एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलअघि साबित्रा भण्डारी महिला टिमको कप्तान घोषित/ नेपाल ६- शून्यले अगाडि ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.