ब्रिटेनकी मार्केटा विम्बल्डनको तेस्रो चरणमा प्रवेश

असार १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
ब्रिटेनकी मार्केटा विम्बल्डनको तेस्रो चरणमा प्रवेश

काठमाडौं । ब्रिटेनकी एम्मा राडुकानु चेकिया खेलाडी मार्केटा भान्द्रसोभालाई सोझो सेटमा पराजित गर्दै विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।अब उनको भेट शीर्ष वरियताकी एरिना साबालेन्कासँग हुनेछ ।

२२ वर्षीया राडुकानुले सन् २०२३ की च्याम्पियन भान्द्रसोभाविरुद्ध उत्कृष्ट प्रदर्शन गरिन् । उनले पहिलो सेट ६-३ ले जितेकी थिइन् । दोस्रो सेट पनि ६-३ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेकी हुन् । 

यी दुई बीचको खेल केवल ८२ मिनेटमा सकिएको थियो । विम्बल्डनको तेस्रो दिन दोस्रो चरण पार गर्ने राडुकानु तेस्रो ब्रिटिश खेलाडी हुन् । हाल विश्व वरियताको ४० औं स्थानमा रहेकी राडुकानुले भान्द्रसोभको ६ खेलदेखिको अपराजित यात्रामा ब्रेक लगाइदिएकी हुन् । अब उनले बेल्जियन साबालेन्काको सामना गर्नेछिन् । साबालेन्काले दोस्रो चरणमा मारी बुज्कोभालाई ७-६, ६-४ को सोझो सेटमा पराजित गरेकी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.