आजका मुख्य समाचार,
* निजामती विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी दफा-८२ को उपदफा ५ मा जालसाजी/ संसदीय समितिको निर्णयविपरीत सचिव र सहसचिवका लागि अवकाशलगत्तै नियुक्ति खुला ।
* लगातार अत्यधिक वर्षाले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा १ हजारभन्दा बढी घर डुबानमा / धनगढीका अधिकांश विद्यालय बन्द/ तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह ।
* अस्पताल र चिकित्सकलाई जवाफदेही बनाउने न्यायालयको प्रयासमा स्वास्थ्य क्षेत्रको असन्तुष्टि / उपभोक्ता अदालतका फैसलामाथि नै उठाइयो प्रश्न/ मेडिकल काउन्सिलको क्षेत्राधिकार अतिक्रमित भएको तर्क ।
* उत्तरी गाजा खाली गर्न आदेश दिएको भोलिपल्टै इजरायलद्वारा भीषण हवाई आक्रमण/ ४८ जना प्यालेष्टिनी मारिए/ विद्यालय, अस्पताल र निजी घर निशानामा ।
* विम्बल्डनको पहिलो दिन स्टार खेलाडी ड्यानिल मेद्भेदेव पराजित/ महिलातर्फ अरिना सबलेङ्का सोझो सेटमा विजयी / कान्तिपुर म्याक्समा प्रत्यक्ष हेर्न सकिने ।