आजका मुख्य समाचार,
* निजामती विधेयकमा जालसाजी गर्नेलाई छानबिन गरि कारबाही गर्न चौतर्फी दबाब / कर्मचारीलाई देखाएर समिति सभापति पन्छिन नमिल्ने / सच्याउन सकिने सभामुखको भनाइ ।
* बजेट ल्याएको १७ दिन भइसक्दा पनि बागमती र लुम्बिनीमा किचलो कायमै / सत्ता पक्षकै असन्तुष्टिले बागमतीमा छलफल सुरु हुनै सकेन / लुम्बिनीमा माओवादीको विरोध ।
* रोजगारदाताको दबाबले श्रमिकको न्यूनतम् ज्याला पुनरावलोकनमा अझै जुटेन सहमति / ३० हजार ४ सय ४० पुर्याउनु पर्ने श्रमिकको अडान ।
* थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री सिनावात्रा निलम्बित / नैतिक मापदण्डविपरित कम्बोडियाका पूर्वनेता हुनसेनसँग संवाद गरेको आरोप / बचाउका लागि १५ दिनको समय ।
* एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपमा नेपालको सानदार जित / भुटान २ सय ९८ रनको फराकिलो अन्तरले पराजित / रौनक श्रीवास्तवको शतकीय इनिङ्स ।