काठमाडौं । विम्बल्डन टेनिसमा पहिलो वरीयताकी खेलाडी आरिना सबालेन्काले बुधबार चेकियाकी मेरी बोजकोभामाथि प्रतिस्पर्धात्मक जित हात पारेकी छन्। कडा संघर्षपछि जित हात पार्दै सबालेन्का तेस्रो चरणमा प्रवेश गरेकी हुन्।
पहिलो सेटमा टाइब्रेकरमा जित हात पारेकी शीर्ष वरीयताकी सबालेन्काले दोस्रो सेट ६-४ ले जितेकी हुन्। सेन्टर कोर्टमा घाम र बादलबीच सबालेन्काले पहिलो सेटमा बारम्बार मौका बनाए पनि बोजकोभाले ती अवसरहरू जोगाउँदै ११ औं गेममा सबालेन्कालाई डबल फल्ट गराइन।
ससँगै उनले सर्भ ब्रेक गरेकी थिइन्। पहिलो सेटमै ब्रेक प्वाइन्ट गुमाउँदा सबालेन्का निराश भए पनि २७ वर्षीया बेलारूसी खेलाडीले त्यसपछिको मौका भने गुमाइनन्। उनले एक ब्याकह्यान्ड विनरमार्फत टाइब्रेकरमा सेट जित्दै आत्मविश्वास बढाइन् र दोस्रो सेटमा पनि निरन्तर दबाब दिँदै खेल आफ्नो पक्षमा पारिन्।
अब उनले तेस्रो चरणमा स्थान सुरक्षित गरेकी छन्। सबालेन्काको लक्ष्य पहिलोपटक विम्बलडन उपाधि जित्ने रहेको छ। बुधवबारको अर्को खेलमा म्याडिसन किजले ओल्गालाई सोझो सेटमा हराएकी छन्।