राष्ट्र बैंकले खिच्यो १० महिनामा १ सय ९२ खर्ब

असार १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्र बैंकले खिच्यो १० महिनामा १ सय ९२ खर्ब

काठमाडौं । बैंकहरुबाट ऋण जान नसक्दा राष्ट्र बैंकमा अहिले ४ खर्ब ७२ अर्ब रुपैयाँ अधिक तरलताको रुपमा बसेको छ । यो रकम बैंकहरुलाई ब्याज दिएर राष्ट्र बैंकले खिचेर राखेको हो । चालु आर्थिक वर्षको १० महिनामा मात्रै राष्ट्र बैंकले बैंकहरुबाट पटक-पटक गरी १ सय ९२ खर्ब रकम प्रणालीमा तानेको छ ।

बजारमा पैसा थुप्रिएर निरन्तर ब्याज घटेपछि राष्ट्र बैंकले बैंकहरुबाट पटक-पटक गरि यो वर्षको १० महिनामा मात्रै १ सय ९२ खर्ब रकम तानेको छ । जबकी गत वर्षको १० महिनामा राष्ट्र बैंकले १३ खर्ब २७ अर्ब मात्रै तानेको थियो । राष्ट्र बैंकका अनुसार अहिले ५ खर्ब बराबरको रकम अधिक तरलताको रुपमा छ । जसमध्ये करिब ४ खर्ब ७२ अर्ब त राष्ट्र बैंकले बैंकहरुबाट खिचेको रकम हो । यसरी रकम खिच्दा बैंकमा पैसा बढी नहुने र त्यसले ब्याजदर धेरै तल जान नदिने मान्यता छ । तर बैंकहरुको ब्याजदर अहिले पनि घटिरहेको छ । गतवर्षको वैशाखमा १० दशमलव तीन-चार प्रतिशत रहेको कर्जाको ब्याजदर अहिले ८ दशमलव एक-एक प्रतिशतमा झरेको छ । बजारमा कर्जा जान नसक्दा तरलता बढेको हो ।

बैंकहरुमा जम्मा भएको १ सय ९२ खर्ब रकम राष्ट्र बैंकले पटकपटक गरी तीन प्रतिशत ब्याज तिरेर खिचेको हो । ब्याज नै तिरेर रकम तान्दा पनि न बैंकबाट जाने कर्जाको ब्याज र्झन रोकियो न त बैंकबाट रकम नै जान सकेको छ । बजारमा बस्तुको माग बढ्न नसक्दा व्यवसायीले ऋण लिएर नयाा व्यवसाय सुरु गर्न र ब्यापार बिस्तार गर्न खोजेका छैनन् । जसका कारण नै राष्ट्र बैंकमा रकम थुपि्रने क्रम बढेको हो । यता ब्यापार व्यवसाय गर्नेहरु कालोसूचीमा पर्ने क्रम नरोकिादा नयाा व्यवसाय गर्न खोज्ने पनि त्रसित छन् ।

बजारमा माग बढाउन सरकारले विकास खर्च बढाउन सक्नुपर्छ । त्यसबाट माग बढ्ने हो । तर अहिलेसम्म ४४ प्रतिशत मात्रै विकास खर्च हुादा बजारमा माग सिर्जना हुन नसकेको हो । विकास खर्च बढाउने हो भने मात्र बैंकमा पैसा थुप्रने रोकिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.