काठमाडौं । संसदका वर्तमान तथा पूर्वपदाधिकारी र सांसदहरुले संसद्को गरिमाका विषयमा सबै पक्षको गम्भिरता जरुरी रहेको बताएका छन् । कानुन निर्माणमा सांसदको भूमिकादेखि विषय उठान र त्यसको निरुपणमा सरकारको ध्यान हुनुपर्ने उनीहरुको भनाइ छ ।
६७ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले सदनलाई होहल्ला र नाराबाजीको स्थान बनाउन नहुने धारणा राखेका हुन् । यस्तै संसदले निर्देशन दिने तर सरकारले कार्यान्वयनका लागि ध्यान नदिने प्रवृत्तिप्रति पनि संसदका वर्तमान पदाधिकारीले नै चिन्ता व्यक्त गरेका छन् । उता पूर्वसांसदहरुले अहिले सदनमा हुने गतिविधि हेर्नेलाई नै अप्ठ्यारो लाग्ने खालका भएका भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको धारणा राखेका छन् ।
आफूहरुको विज्ञतालाई संसदले उपयोग गर्न सक्ने तर्फ पनि पूर्वसांसद मञ्चले ध्यानाकर्षण गराएको थियो ।