आजका मुख्य समाचार,
* सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक जबर्जस्ती करणीपछि हत्या / बालिकाको शव जंगलको भीरमा फालिएको अवस्थामा फेला / संलग्न रहेको आरोपमा पाँच जना पक्राउ ।
* माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक / ६१ दशमलव ८१ प्रतिशत उत्तीर्ण ।
* अस्पतालहरुमा बढे सर्पदंशका बिरामी / काठमाडौं र तराईका जिल्लामा बढी जोखिम / वार्षिक सरदर ५० जनाको मृत्यु हुने भनिए पनि सरकारसँगै छैन वास्तविक तथ्यांक ।
* गाजामा इजरायली सेनाको आक्रमणमा ७२ जनाको मृत्यु / चार हप्तामा ५ सय ४९ जना प्यालेष्टिनी मारिए / युद्ध अन्त्य गर्न नेतन्याहूलाई ट्रम्पको दबाब ।
* नेपाल ओलम्पिक कमिटीको विवाद थप गहिरिँदै / ३२ मध्ये २२ खेल संघद्वारा अध्यक्ष जीवनराम श्रेष्ठमाथि प्रतिबन्धको माग / तदर्थ समिति गठन गर्ने सरकारको तयारी ।