Kantipur Samachar | कान्तिपुर समाचार, १४ असार २०८२

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १४ असार २०८२

आजका मुख्य समाचार,

* अध्यक्ष ओलीको चाहनाविपरित एमालेको राजनीतिमा सक्रिय हुने पूर्वराष्ट्रपति भण्डारीको घोषणा / अध्यक्ष ओली भन्नुहुन्छ- एमालेमा कुनै बम पड्किनेवाला छैन ।

* एसईई प्रदेशस्तरबाट सञ्चालन गर्ने संसदीय समितिको निर्णय / खारेज भइसकेको जिल्ला शिक्षा कार्यालय फेरि ब्यूँताइयो / असार १५ मा संसद्‌बाट विधेयक पारित नहुने पक्का ।

* प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन प्रस्थान / राष्ट्रिय हितलाई माथि उठाउने गरी प्रस्तुत हुने प्रतिबद्धता ।

* इजरायलसँगको युद्धमा मारिएका इरानका उच्च सैन्य कमाण्डरसहित ६० जनाको राजकीय सम्मानका साथ अन्त्येष्टि / तेहरानमा ठूलो संख्यामा सर्वसाधारण सहभागी ।

* एएफसी महिला एसिया कप छनोट भोलिदेखि उज्वेकिस्तानमा / लाओसलाई हराउँदै आफ्नो एक सयौँ अन्तर्राष्ट्रिय खेल सुखद् बनाउने नेपालको लक्ष्य / कप्तानको टुंगो लाग्नै बाँकी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.