आजका मुख्य समाचार,
* देशका अधिकांश राजमार्ग यात्रा गर्नै अयोग्य / बुटवल-नारायणघाट, काठमाडौं-मुग्लिङ र वीपी राजमार्ग हिँड्नै जोखिम/ सडक बनाउनुपर्ने सरकार भन्छ - वर्षात्मा गाडी चलाए कारबाही !
* इरानबाट ९ जना नेपाली स्वदेश फर्किए / आकर्षक रोजगारीको प्रलोभनमा भारतमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार/ चरम यातना दिनेदेखि ७ वर्षसम्म बन्धन बनाइएको सार्वजनिक ।
* करिब ७ लाख नेपालीलाई गन्तव्य मुलुकमै श्रम स्वीकृति दिने सरकारको घोषणा / भिजिट भिषामार्फत् र श्रम स्वीकृति नलिई विदेश पुगेर काम गरिरहेकाहरुलाई राहत ।
* इजरायलसँगको युद्धविराम घोषणापछि इरानी सर्वोच्च नेता खामेनीको पहिलो सन्देशमा ट्रम्पको तिव्र आलोचना/ अमेरिकामाथि दरिलो झापड हानेको जिकिर / युद्ध जितेको दाबी ।
* विश्वप्रतिष्ठित टेनिस विम्बल्डन २०२५ को कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्ने / ग्रास कोर्ट ग्रान्डस्लाम प्रतियोगिता असार १६ देखि २९ गतेसम्म लन्डनमा ।