आजका मुख्य समाचार,
* पतन्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसँग विशेष अदालतले लियो चार घण्टा बयान/ थुनछेक बहस सकिएसँगै आदेश सुनाउने तयारी ।
* सरकारले स्वार्थ समूहको चंगुलमा परेर महत्वपूर्ण विधेयकहरु रोकेको भन्दै सत्ता पक्षकै सांसदको आपत्ति / विधायिकी अधिकारमाथि हस्तक्षेपको आरोप / चलखेल नगर्न विपक्षीको चेतावनी ।
* ७० वर्षे उमेरहद र अध्यक्षको कार्यकाल टुङ्गो लगाउन सत्तारुढ दल एमाले विधान महाधिवेशनमा जुट्दै / महाधिवेशनको तयारी अलपत्र छाडेर कांग्रेस नेताहरुको गुटगत दौडधुप ।
* रक्षा खर्च बढाउने पश्चिमा सैन्य संगठन नेटोको निर्णय / एक अर्कामाथि हुने आक्रमणको सामूहिक प्रतिरक्षा गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता ।
* नेकोस कप राष्ट्रिय महिला भलिबलको उपाधि न्यू डायमन्डलाई / फाइनलमा एपीएफ सोझो सेटमा पराजित / सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित ।