सिस्नेखोला सुरुङअगाडिको जमिनमा चिरा पर्‍यो, पहिरोको जोखिम

असार १४, २०८२ |पोषनाथ अधिकारी
सिस्नेखोला सुरुङअगाडिको जमिनमा चिरा पर्‍यो, पहिरोको जोखिम

धादिङ । निर्माणाधीन नागढुंगा-मुग्लिन सडक अन्तर्गत सिस्नेखोला–नागढुङ्गा सुरुङ आयोजनाको काठमाडौं प्रवेशद्वार अगाडिको जमिनमा पुनः चिरा परेको छ ।

अघिल्लो वर्ष केही भाग पहिरिएको उक्त क्षेत्रमा अहिले पुन: जमिन चिरिएको हो ।

नजिकै वस्ती र तल सडक रहेको उक्त क्षेत्रमा जमीन चिरिएको र केही भाग सरेको सूचनाका आधारमा शनिबार दुवै आयोजनाका प्रमुख र प्राविधिकले अनुगमन गरेको धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । सुरुङमार्ग प्रवेशद्वारको अघिल्लोतिरको दाहिनेपट्टि करिब १ सय ८० मिटर चौडाई र ४० मिटरको उचाईमा पहिरो बग्ने सम्भावना रहेको प्रविधिकहरुको भनाइलाई उदृत गर्दै प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

यसअघि पनि पहिरो गएको र उक्त क्षेत्रमा त्रिपालले ढाकिएको भए पनि पुन: जमिन चर्किएको देखिएपछि तत्काल माथिल्लो भागमा त्रिपाल राखेर पानी छिर्न नदिई संभावित जोखिम कम गर्ने वातावारण वनाउन निर्देशन दिइएको घिमिरेले बताउनुभयो । पहिरोको माथिल्लो भागमाकेही घर पनि छन् । पहिरो झर्दा माथि रहेका घरसँगै तल रहेको सडकमा समेत प्रभाव पर्ने जोखिम देखिएको छ । 


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।