प्रधानमन्त्रीले स्पेनमा रियालका अधिकारीहरुसँग भेट गर्ने

असार १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीले स्पेनमा रियालका अधिकारीहरुसँग भेट गर्ने

काठ‍माडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा रियाल मड्रिड क्लबका अधिकारीहरुसँग भेटघाट गर्नु हुने भएको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको विकासका लागि वित्तको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज साँझ स्पेन प्रस्थान गर्नुभएको छ । आफ्नो भ्रमण बारे प्रतिनिधी सभा बैठकमा जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले ला लिगा क्लब रियालका अधिकारी सग भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्नु भएको हो । उहाले स्पेनिस जायन्टको घरेलु मैदान सान्टयागो बर्नाबेउको पनि अबलोकन गर्नुहुने भएको हो ।

रियाल , विश्व फुटवलको मोस्ट भ्यालुएबल क्लब हो । रियाल लगातार चौथो वर्ष र समग्रमा नवौ पटक मोस्ट भ्यालुएबल क्लब बनेको हो । फोर्ब्सका अनुसार रियालको भ्यालु ६ दशमबल सात-पाँच बिलियन डलर छ । रियाल १५ पटकको युरोपियन च्याम्पियन हो । हाल रियाल फिफा क्लब विश्वकपका लागि अमेरिकामा छ । अन्तिम १६ मा उसले इटालियन क्लब युभेन्टससँग प्रतिस्पर्धा गर्दैछ । सन् २०२३-२४ को सिजनमा एक दशमलब एक-तीन बिलियन डलर आम्दानी गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.