आजका मुख्य समाचार,
* इरानबाट उद्धार गरिएका २ नेपाली दिल्ली आइपुगे / इजरायल र इरानबीचको युद्धविराम कायम रहनेमा आशंका / आक्रमण नगर्न दुवै देशलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी ।
* भिजिट भिसा प्रकरणलाई सामसुम पार्न छानबिन समिति बनाइएको भन्दै रास्वपा र राप्रपाले गरे अस्वीकार / ९ बुँदे कार्यादेश पाएको समितिले निष्पक्ष काम गर्ने गृहमन्त्रीको दाबी ।
* कृषि र स्वरोजगारीलाई प्राथमिकतामा राख्दै अधिकांश स्थानीय तहले ल्याए बजेट / काठमाडौं महानगर र धरान उपमहानगरसहित केही पालिकाले बजेट ल्याउन सकेनन् ।
* विद्युत खरिद सम्झौता सम्बन्धी व्यवस्था संशोधन गर्दै संघीय सरकारको विनियोजन विधेयक बहुमतले पारित / सत्ता पक्षकै सांसदको असन्तुष्टिमा मन्त्रीहरुको टालटुले जवाफ ।
* एसीसी मेन्स अन्डर-१६ इस्टर्न जोन कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित / जापानलाई ९ विकेटले पराजित / शुभम खनालले लिए पाँच विकेट ।