Kantipur Samachar | कान्तिपुर समाचार, ९ असार २०८२

असार ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ९ असार २०८२

आजका मुख्य समाचार,

* इरानबाट नेपाल फर्कन मसद आइपुगेका ११ नेपाली भोलि भारत आइपुग्दै/ जेलमा रहेका पाँच जनालाई पनि प्रक्रिया पुग्नासाथ ल्याइने / इजरायलमा रहेका ३५ जना मात्रै स्वदेश फर्कन इच्छुक ।

* ५० वर्षअघि किनेको जग्गा जालसाजी गरेर पुरानै जग्गाधनीको नाममा फर्काउन प्रपञ्च/ धनुषाको चिरैयाका २० घरपरिवारको बिचल्ली / जग्गाको चलखेलमा जनप्रतिनिधिदेखि कर्मचारीसम्म ।

* बजेटमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री सिंह र अर्थमन्त्री पौडेलले हालिमुहाली गरेको भन्दै सत्ता पक्षकै चर्को आलोचना/ मन्त्रीहरुको फितलो जवाफ/ जस्ताको तस्तै पारित गर्न सांसद्लाई ह्वीप।

* इरानमा सत्ता परिवर्तन गर्न चाहेको अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत / आक्रमणको निर्णायक जवाफ फर्काउने इरानी सेनाको चेतावनी ।

* एएफसी एशियन कप खेल्न उज्वेकिस्तान जाने नेपाली राष्ट्रिय महिला टिमको बिदाइ/ विदेशी प्रशिक्षकको नेतृत्वमा रहेको नेपाल दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.