आजका मुख्य समाचार,
* बजेटमा मनपरी भएको भन्दै छानविनका लागि संसदीय समिति बनाउन सत्ता पक्षकै सांसदको माग / उद्यम, रोजगार र जनजीविकाभन्दा नेताका नाममा भौतिक संरचना बनाउन बजेट दुरुपयोग गरेको आरोप ।
* पशुपति विकास कोषका सदस्यसचिव मिलन थापासहित १४ विरुद्द भ्रष्टाचार मुद्दा / विद्युतीय शवदाह गृहको उपकरण खरिदमा अनियमितताको अभियोग/ १० करोड ३३ लाख बिगो माग ।
* तीनै तहका सरकारले चासो देखाए पनि मधेश प्रदेशमा लागूऔषध कारोबार नियन्त्रणमा आउनै सकेन/ कारोबारी र प्रयोगकर्ता बढेको बढ्यै/ ११ महिनामै ६ सय ५८ जना पक्राउ ।
* इजरायली सेनाले गाजामा तीन इजरायली बन्धकको शव फेला पार्यो/ हमासको नियन्त्रणमा अझै ५० बन्धक रहेको र २० जनामात्र जीवितै रहेको दाबी ।
* एसीसी अन्डर-१६ इस्टर्न जोन कपमा नेपालको विजयी सुरुआत / सिंगापुर ६ विकेटले पाराजित / कप्तान विपिन शर्माको शानदार बलिङ ।