आजका मुख्य समाचार,
* पैसाको लोभमा चिकित्सकको सिफारिसबिनै औषधि पसलबाट नसालु र विषालु औषधिको मनपरी बिक्री / अनुगमन र कारबाही फितलो / लागुऔषध दुर्व्यसन बढ्ने जोखिम ।
* रास्वपा र राप्रपाको विरोध र बहिस्कारपछि संसद्मा प्रधानमन्त्रीको प्रश्नोत्तर रोकियो / मन्त्रीहरु नआएपछि बजेटमाथिको छलफल पनि प्रभावित / सरकार जवाफदेही नभएको विपक्षीको आरोप ।
* इजरायल-इरान युद्ध चर्किँदा २० नेपालीले गरे उद्धारको आग्रह / ६ सयभन्दा बढीले टिपाए विवरण / बेलायत, फ्रान्स र जर्मनीका विदेशमन्त्रीले इरानी समकक्षीसँग वार्ता गर्दै ।
* साठी किलो सुन तस्करीका मुख्य आरोपी चिनियाँ नागरिक दाबाकी श्रीमती अमला रोका पक्राउ / पूर्वउपराष्ट्रपति पुनका छोराहरुको संलग्नताबारे भने अझै भएन अनुसन्धान ।
* त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा जारी / नेपाल सुरुवाती फिल्डिङमा / च्याम्पियन बन्न जित आवश्यक ।