
काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले प्रस्तोता, ध्वनिअङ्कन उत्पादन र प्रसारण संरक्षणसम्बन्धी रोम महासन्धिबारे सरोकारवालाहरुसँग सुझाव लिएको छ । सन् १९६१ मा भएको महासन्धीलाई नेपालले भने अहिलेसम्म अनुमोदन गरेको छैन ।
महासन्धी अनुमोदन गरे नेपालले प्राप्त गर्ने लाभका विषयमा प्रतिष्ठानले छलफल थालेको हो । प्रतिष्ठानले गरेको नीति संवाद कार्यक्रममा सहभागीहरुले प्रस्तोता, ध्वनिअङ्कन उत्पादक र प्रसारण संस्थाहरुले लाभ पाउने बताए । पत्रकार, लेखक, प्रस्तोता, गायकलगायतले महासन्धी अनुमोदन गरी त्यसबाट फाइदा लिन सकिने बताएका छन् । प्रतिष्ठानले रोम महासन्धिको अध्ययन गरी सरकारलाई सुझाव दिने बताएको छ ।
प्रतिष्ठानले रोम महासन्धि अनुमोदन गरेमा नेपाल सामु सिर्जना हुने दायित्व र कानुनमा गर्नुपर्ने सुझावका विषयमा पनि अध्ययन गरिरहेको छ ।