प्रदेश विशेषमा आज,
प्रदेश सरकारको बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा / मनोसामाजिक परामर्शदेखि आयुर्वेदिक सेवासम्मलाई बजेट ।
असार लागिसक्दा पनि पश्चिम तराईमा पर्याप्त पानी परेन / धानको ब्याड राखिसकेका किसान बर्खाको पर्खाइमा ।
महोत्तरीको गौशाला नगरपालिकामा प्रमुख र उपप्रखुबीच विवाद चुलियो / एकअर्कामाथि निषेध र चोरीको आरोप ।
रामेछापको खाँडादेवीमा असोजमा क्षति पुगेको झोलुङ्गे पुल अझै मर्मत भएन / बाँसको भाटा राखेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता ।