आजका मुख्य समाचार,
* शैक्षिक परामर्शको नाममा बढ्यो मानव ओसार पसारको धन्दा/ दुई तिहाइभन्दा बढी कन्सल्ट्यान्सी गैरकानुनी/ शिक्षा मन्त्रालय मुकदर्शक बन्दा लाखौं तिरेर विदेश पुगेका विद्यार्थी अलपत्र ।
* पूर्वउपराष्ट्रपति पुनका छोराहरु जीतेन्द्र र दीपेश मुछिएको सुन तस्करीको अनुसन्धान डेढ वर्षदेखि गुपचुप/ ठूला अपराधका अधिकांश अनुसन्धानमा राजनीतिक दबाब थेग्न नसक्दा प्रहरी निरीह ।
* सभामुख घिमिरेको तटस्थ भूमिकामाथि प्रश्न / दिनहुँ विपक्षीको विरोध र नियमापत्तिको समेत बेवास्ता/ रास्वपाका सांसद् नाराबाजीमा थाकेपछि वेलमै थचक्क ।
* तेहरानको आकाश आफ्नो पूर्ण नियन्त्रणमा रहेको इजरायली सेनाले दाबी/ इरानका सर्वोच्च नेता खमेनीको हत्या गर्ने इजरायली योजनालाई भने अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकृति नदिएको खुलासा ।
* नेपालले आफ्नो एक सय औं टी-ट्वेन्टी आईमा नेदरल्यान्ड्सँग अहिले प्रतिस्पर्धा गर्दै/ नेपालले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्यान्ड्स ब्याटिङ्मा ।