आजका मुख्य समाचार,
* निजी विद्यालयलाई कम्पनी र गुठी दुवैको विकल्प दिने सरकारको प्रस्ताव / बाल विकास शिक्षालाई एकवर्षे बनाउने तयारी / एसईई सञ्चालनबारे अन्योल कायमै ।
* भिजिट भिसा प्रकरणको सहमतिमा सत्तापक्ष र माओवादीको आ-आफ्नै व्याख्या / छानबिन समितिको प्रकृति र समयसीमामा कुरा मिलेन / कार्यान्वयन नभए संघर्ष गर्ने दाहालको चेतावनी ।
* सातै प्रदेश सरकारले भोलि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै / आकार नबढाउने अधिकांश प्रदेशको तयारी / कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकता ।
* आक्रमण जारी राखे इरानले महँगो मूल्य चुकाउनुपर्ने इजरायलको चेतावनी / इजरायललाई सहयोग गरे अमेरिका, बेलायत र फ्रान्सका सैन्य अखाडामा हमला गर्ने तेहरानको धम्की ।
* दक्षिण अफ्रिकालाई २७ वर्षपछि आईसीसी प्रतियोगिताको उपाधि / वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियामाथि पाँच विकेटको जित / मार्क्रामको शतकीय योगदान ।