सार्वजनिक यातायात ठप्प राइड सेयरिङमा लुट ! | कान्तिपुर समाचार, १९ जेष्ठ २०८२

जेष्ठ १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक यातायात ठप्प राइड सेयरिङमा लुट ! | कान्तिपुर समाचार, १९ जेष्ठ २०८२

आजका मुख्य समाचार,

* व्यवसायीको सिन्डिकेटले सार्वजनिक यातायात ठप्प हुँदा नागरिकलाई सास्ती / मौका छोपेर राइड सेयरिङमा पनि मनपरी असुली ।

* संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलबीच जुटेन सहमति / गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको अडान / संसद्मा अराजकता स्वीकार्य नहुने प्रधानमन्त्रीको चेतावनी ।

* सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर / गैरकानुनी सम्पत्ति आर्जेको आरोप / १ करोड ८ लाख बिगो दाबी ।

* रुस र युक्रेनबीच तुर्किएको इस्तानबुलमा दोस्रो चरणको शान्तिवार्ता सुरु / दुवै पक्षले तीन वर्ष लामो युद्ध अन्त्यबारे आ-आफ्नो सर्तसहितको प्रस्ताव राख्दै ।

* आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा जारी / नेपाललाई जितका लागि २ सय ९७ रनको चुनौती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.