ब्रिटिस गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्ः सभापति खतिवडा

जेष्ठ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
ब्रिटिस गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्ः सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिस गोरखामा भर्ती भएका नेपाली नागरिक र गैर-आवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ब्रिटिस गोरखा र एनआरएनएहरूलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताउनु भयो । 

उहाँले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरूलाई नेपालको नागरिकता दिनेकुरा सस्तो बनाउन नहुने बताउनु भयो ।बुधबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ । बिहीवारबाट दफावार छलफ हुने सभापति खतिवडाले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.