काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले गृहमन्त्रीको राजीनामा माग गर्नुभएको हो । उहाँले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो ।
उहाँले देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको भन्दै १५ दिन भएपनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गर्नुभयो । छानविनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उहाँको भनाइ छ ।
सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।