सङ्खुवासभाको मकालुमा पहिरोले घर भत्कियो

जेष्ठ २१, २०८२ |दीपेन्द्र शाक्य
सङ्खुवासभाको मकालुमा पहिरोले घर भत्कियो
File Photo

संखुवासभा  सङ्खुवासभाको मकालु गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको पहिरोले एउटा घरमा पूर्णरूपमा क्षति पुगेको छ। 

मंगलबार राति घरमाथिबाट खसेको पहिरोले स्थानीय फुनुर्बु शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा भत्किएको प्रमुख प्रहरीनायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयाे ।

पहिरोले मानवीय क्षति भएको छैन । शेर्पा सेदुवास्थित आफन्तको घरमा आश्रय लिएर बसेका छन । उत्तरी क्षेत्रमा लगातार परेको मुसलधारे वर्षाका कारण आएको बाढीले भोटखोला गाउँपालिका-३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि झण्डै २५० घरधुरी विद्युत् विहीन भएका छन।

माथिल्लो क्षेत्रहरूमा अहिले पनि निरन्तर वर्षा भइरहेको हुँदा सम्भावित थप जोखिमप्रति स्थानीय बासिन्दाहरू सतर्क रहन प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले आग्रह गर्नुभएकाे छ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।