प्रदेश विशेषमा आज,
* बागमती सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत / कोशीमा बजेट सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु ।
* वीरगञ्ज भन्सारको राजस्व सङ्कलनमा सुधार / चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व ।
* हुम्लाको खार्पुनाथ ४ बन्यो जिल्लाकै पहिलो बालश्रम तथा बाल विवाहमुक्त वडा / श्रम र विवाहको उमेरमा स्थानीय सरकारको कडाइ ।
* ढल व्यवस्थापनमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाको उदाहरणीय कदम / नयाँ घरमा तीनवटा बिरुवा रोप्नु अनिवार्य ।