Kantipur Samachar | कान्तिपुर समाचार, ११ जेष्ठ २०८२

जेष्ठ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ११ जेष्ठ २०८२

आजका मुख्य समाचार,

* गम्भीर अपराधका दोषीलाई समेत मन्त्रिपरिषद्‍ले निर्णय गरेरै आममाफी दिने कानुन बनाउँदै सरकार / न्यायपालिकामाथि कार्यपालिका हावी हुन खोज्दै/ कानुनी शासनकै उपहास ।

* लोकतान्त्रिक व्यवस्थामै राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति / जेठ १५ गते काठमाडौंलाई एमालेको कब्जामा राख्न पार्टीपङ्तिलाई निर्देशन / स्थिति भड्काउने जोखिम ।

* सिरहाको नवराजपुरस्थित सामुदायिक विद्यालयमा १२ शिक्षक र कर्मचारी भर्नामा लाखौं रकम असुली/ छनोट भएका उम्मेदवारसँग पाँच लाखसम्म उठाइएको खुलासा ।

* युक्रेनमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा तीन बालबालिकासहित १३ जनाको मृत्यु/ आक्रमणविरुद्ध मुख खोल्न युक्रेनी राष्ट्रपतिको अमेरिकालाई आह्वान/ आजै युद्धबन्दी साटासाट गर्ने तयारी ।

* इन्डियन प्रिमियर लिग आईपीएलमा गुजरातविरुद्ध चेन्नईको सानदार जित/ दोस्रो खेलमा कोलकाता र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा जारी/ टस जितेको सनराइजर्स ब्याटिङमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.