Kantipur Samachar | कान्तिपुर समाचार, १२ जेष्ठ २०८२

जेष्ठ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १२ जेष्ठ २०८२

आजका मुख्य समाचार,

प्रधानमन्त्री ओलीको भड्काउ अभिव्यक्तिको चौतर्फी आलोचना/ उत्तेजक र चिन्ताजनक भएको मानवअधिकार आयोगको ठहर/ सत्ता साझेदार कांग्रेसको पनि आपत्ति ।

भिजिट भिसा प्रकरणले गृहमन्त्री लेखकमाथि नैतिक प्रश्न उठे पनि बचाउमा कांग्रेस/ अप्ठ्यारो परे पद छाड्ने लेखकको भनाइ/ राजीनामा दिन विपक्षीको माग ।

नयाँ बजेटमा व्यक्तिगत आय करको सीमा १० लाख पुर्याउने सरकारको तयारी/ मध्यम वर्गलाई राहत पुग्ने/ १३ प्रतिशत भ्याटमा पुनरावलोकन गर्न निजी क्षेत्रको माग ।

गाजा युद्धविराम र बन्धक रिहाईसम्बन्धी अमेरिकाको नयाँ प्रस्ताव इजरायलद्वारा अस्वीकार/ हमास समक्ष आत्मसमर्पण गरेसरह हुने इजरायलको जिकिर ।

इन्डियन प्रिमियर लिग-आईपीएलमा अहिले मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा जारी / प्ले अफमा पुगिसकेका दुबै टीम अंक तालिकाको शीर्ष दुईमा रहने लक्ष्यमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.