रामेछाप । गणतन्त्र दिवस-२०८२ को अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा आज बिहान प्रभातफेरी तथा सभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गणतन्त्र दिवस मूल समारोह समिति, रामेछापको आयोजनामा सम्पन्न भएको हो।
प्रभातफेरी मन्थलीस्थित मदन आश्रित चोकबाट सुरू भई मन्थली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समिति कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू,सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा वक्ताहरूले गणतन्त्रको रक्षा, समावेशी लोकतन्त्रको प्रवर्द्धन र जनउत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।