आजका मुख्य समाचार,
* इटा भट्टामा जिउँदै जलाएर व्यक्ति हत्यामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका पूर्वमन्त्री आलमलाई उच्चबाट सफाइ / पीडित परिवार भन्छन्- अन्याय भयो, त्रासमा छौं ।
* गृहमन्त्रीको राजीनामा माग गर्दै दुई दिनदेखि संसद्मा अवरोध गरिरहेका विपक्षी दलहरु लचक/ बजेट ल्याउन अवरोध नगर्ने / नियोजित आक्रमण भएको गृहमन्त्रीको प्रष्टोक्ति ।
* आगामी आर्थिक वर्षका लागि १९ खर्बभन्दा बढीको बजेट ल्याइँदै / निर्माणाधीन आयोजना सक्ने मुख्य लक्ष्य / नवउद्यम, सूचना-प्रविधि र कृषि प्राथमिकतामा ।
* अमेरिकी विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको नीति / भिसा अन्तर्वार्ता रोक्न विश्वभरका दूतावासलाई निर्देशन / नेपाली विद्यार्थी पनि प्रभावित ।
* पीएम कप एनभीए भलिबलको महिलातर्फ अपराजित रहँदै फाइनल पुगेको पुलिसले उपाधिका लागि न्यु डायमन्डसँग खेल्ने / पुरुषतर्फ गण्डकी र हेल्प नेपाल आमने-सामने ।