काठमाडौं । जर्मनीको म्युनिक सहर युएफा च्याम्पियन्स लिग-२०२५ को फाइनलको अन्तिम तयारीमा जुटेको छ ।
त्यहाँ फ्रेन्च च्याम्पियन पेरिस सेन्ट-जर्मेन पीएसजी र इटालियन जायन्ट इन्टर मिलानबीच उपाधि भिडन्त हुनेछ ।
शनिबार राति हुने फाइनल म्युनिकस्थित जर्मन रेकर्ड च्याम्पियन बायर्न म्युनिकको घरेलु मैदान एलियान्ज एरेनामा खेलिनेछ । सन् २००५ मा उद्घाटन गरिएको यो रंगशालाले विश्वकप, युरोकप र च्याम्पियन्स लिग फाइनलहरू समेत आयोजना गरिसकेको छ ।
यस सिजन 'फ्रेन्च लिग वान'को उपाधि लगातार चौथों पटक जितेको पीएसजी डबल उपाधिको लक्ष्यसहित मैदान उत्रन लागेको हो । इन्टर मिलान भने 'सिरी आ'मा नापोलीसँग १ अंकले पछि परेको थियो । ऊ कम्तीमा एक उपाधि जित्ने लक्ष्यसहित फाइनलमा भिड्न लागेको छ ।