टुँडिखेलमा मनाइयो १८औं गणतन्त्र दिवस (फाेटाेफिचर)

जेष्ठ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
टुँडिखेलमा मनाइयो १८औं गणतन्त्र दिवस (फाेटाेफिचर)

काठमाडौं । १८औं गणतन्त्र दिवस आज मनाइएको छ । बिहीबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाइएको हो । 

सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । 

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी)बीच भएको सहमतिअनुसार वि.सं. २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको छ । 

कार्यक्रमको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रश्तुत गरिएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको छ । समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ । —न्युज एजेन्सी नेपाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.