काठमाडौं । नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकको जिम्मेबारी दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर निक पोथासलाई दिइएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सामाजिक सञ्जालमार्फत् पोथासलाई कनसल्ट्यान्ट प्रशिक्षकका रूपमा नियुक्त गरेको जनाएको हो । नेपाली टोली हाल लिग-२ सिरिजका लागी हाली स्कटल्यान्ड भ्रमणमा छ । यस सिरिजमा पोथासले मुख्य प्रशिक्षक स्टुअर्ट ललाई सघाउने छन ।
पोथासले दक्षिण अफ्रिकाका लागि ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन । उनी पछिल्लो समय बंगलादेश क्रिकेट टिमको सहायक मुख्य प्रशिक्षकको रूपमा कार्यरत थिए ।
नेपाली टोलीले आज स्कर्टल्यान्ड 'ए' सँग अधयास खेल खेल्दै छ । दोस्रो अभ्यास खेल शनिबार खेलिने छ । यस अघि युके भ्रमणमा खेलिएका सबै अभ्यास खेलमा नेपाल विजयी भएको थियो ।
लिग टु को आफ्नो चौथो क्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डसको सामना गर्नेछ । नेपालले आगामी सोमबार स्कटल्यान्डविरूद्ध खेल्दै सिरिजको सुरूवात गर्नेछ । नेपाल १२ खेलमा ६ अंकका साथ लिग-२को पुछारमा रहेको छ । लिग-२ पछि तिनवटै टोलीले क्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने छन् ।