काभ्रेका १३ वटै पालिकाबीच समन्वयात्मक बैठक सम्पन्न

जेष्ठ १६, २०८२ |पुजन धिताल
काभ्रेका १३ वटै पालिकाबीच समन्वयात्मक बैठक सम्पन्न

काभ्रे । गत असोज दोस्रो साता आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा भएको जनधन क्षतिप्रति गम्भीर हुँदै आज जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधिको समन्वयात्मक बैठक बसेको छ । विपद् प्रभावित धेरै नागरिक अझै त्रिपालमुनि बसिरहेको र राहत तथा पुनःस्थापनाको काम अपेक्षित गतिमा अघि बढ्न नसकेको पृष्ठभूमिमा स्थानीय तहका जनप्रतिनिधिको बैठक धुलिखेलमा बसेको हो । 

सामान्यभन्दा पहिल्यै पूर्वी नेपालबाट मनसुन प्रवेश गरिसक्दा बैठकमा विपद् व्यवस्थापन, क्षतिग्रस्त निजी घर तथा संरचना निर्माणमा गम्भीर छलफल भएको छ । बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले संघीय तथा प्रदेश सरकार पीडितलाई राहत तथा पुनःनिर्माणमा योजनाविहीन भएको आरोप लगाए । 

बैठकले प्रभावित क्षेत्रमा तत्काल पुनःनिर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आगामी दिनमा सम्भावित विपद्हरूको सामना गर्न जिल्लाभरका सबै स्थानीय तहहरूबीच संयुक्त पहल गर्ने सहमति पनि भएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।