भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि प्रश्न उठेपछि कांग्रेस र एमालेका शीर्ष नेताहरूको छलफल

जेष्ठ ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि प्रश्न उठेपछि कांग्रेस र एमालेका शीर्ष नेताहरूको छलफल

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच आज छलफल भएको हो । 

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सहभागी कृषिमन्त्री रामनाथ अधिकारीले आगामी बजेटका विषयमा छलफल भएको बताउनु भयो । 

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष ईश्वर पाखरेल, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा र कृषिमन्त्री रामनाथ अधिकारी हुनुहुन्थ्यो । 

भिजिट भिसा प्रकरणमा छानबिन भइरहेको र गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला दुई दलका शीर्ष नेताहरुबीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.