आजका मुख्य समाचार,
* सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको २२ वर्षसम्म पनि घटेन असुरक्षित गर्भपतन / ४२ प्रतिशतले थाहै पाएनन् / ५२ प्रतिशतभन्दा धेरैले गर्छन् असुरक्षित गर्भपतन ।
* भिजिट भिसा प्रकरणमा संलग्नताबारे चौतर्फी प्रश्न उठेपछि गृहमन्त्री लेखकको स्पष्टीकरण / दोषी देखिए राजनीतिबाटै अलग हुने भनाइ / छानबिनमा सहयोग गर्ने गृह मन्त्रालयको प्रतिबद्धता ।
* सामाजिक सञ्जालमार्फत् अदालत र न्यायाधीशमाथिका नकारात्मक टिप्पणीप्रति सर्वोच्चको गम्भीर चासो / कानुन बनाउन ढिलाइले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लाग्ने जोखिम ।
* गाजामा इजरायली सेनाको आक्रमण तीब्र / २४ घण्टामा ७९ जनाको मृत्यु / हमासका १ सयभन्दा बढी केन्द्रलाई निशाना बनाइएको इजरायलको दाबी ।
* इन्डियन प्रिमियर लिगमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स भिड्दै / जितसहित पहिलो क्वालिफायर पुग्ने पञ्जाबको लक्ष्य ।