आजका मुख्य समाचार,
* स्रोत जुटाउनै समस्या भएपछि सामाजिक सुरक्षा कार्यक्रम पुनर्मूल्यांकनको गृहकार्य/ ८७ प्रकारका भत्तामा मात्रै बजेटको १७ प्रतिशत खर्च / ज्येष्ठ नागरिक भत्ता ७० वर्षपछि दिने तयारी ।
* भिजिट भिसाका नाममा मानव बेचविखन तथा ओसारपसारको जालो फैलँदो/ सिंहदरबारदेखि विमानस्थलसम्म सेटिङ्ग/ अध्यागमनका ८ कर्मचारीको जिम्मेवारी खोसियो ।
* मनसुन सुरु हुने बेला भइसक्दा पनि विपद् प्रतिकार्यको छैन तयारी / यस वर्ष २० लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन/ वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण ।
* इजरायलले नाकाबन्दी फुकुवा गरे पनि खाद्यान्न आपूर्ति नहुँदा गाजामा मानवीय संकट/ भोकमरीले २९ जना बालबालिका र ज्येष्ठ नागरिकको मृत्यु ।
* तीन महिनासम्म चलेको सहिद स्मारक बी डिभिजन लिग सकियो/ विजेता प्लानिङ बोइजद्वारा आफ्नो अन्तिम खेलमा टुसाल ८-३ ले पराजित/ प्रतापसिंह राई सर्वोत्कृष्ट खेलाडी ।