आजका मुख्य समाचार,
* बेथितिका लागि कर्मचारी नेतृत्वकै दौडधुप/ अवकाशपछिको नियुक्तिमा कुलिङ पिरियड राख्ने संसदीय समितिको निर्णयलाई चुनौती/ सरकारदेखि संसद्को नेतृत्वसम्मलाई दबाब ।
* पतञ्जलीको जग्गा प्रकरणबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन/ नीतिगतबाहेकका मन्त्रिपरिषद्का निर्णय अख्तियारको क्षेत्राधिकारमा नराख्न शीर्ष नेताको दबाब/ अख्तियारसम्बन्धी विधेयक समितिमै थन्कियो ।
* डेडिकेटेड तथा ट्रंक लाइनवापतको बिल पुनरावलोकनमा प्राधिकरण लचिलो हुँदासमेत उद्योगीको अटेरी / जेठभित्र नआए लाइन काट्ने विद्युत् प्राधिकरणको चेतावनी ।
* भारतसँग वार्ताका लागि साउदी अरब तटस्थ स्थल हुनसक्ने पाकिस्तानी प्रधानमन्त्री शरीफको भनाइ / पाकिस्तान नियन्त्रित कश्मिरका विषयमा मात्रै वार्ता हुनसक्ने भारतीय प्रधानमन्त्री मोदीको प्रस्टोक्ति ।
* इन्डियन प्रिमियर लिग आईपीएलमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा जारी/ टस जितेको गुजरातले फिल्डिङ रोजेपछि लखनउ ब्याटिङमा ।