प्रदेश विशेषमा आज,
* कैलालीमा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुने निश्चित / आगामी बजेटमा बजेट व्यवस्था गर्न स्थानीयको माग ।
* पारिस्थितिक, प्रजातीय र वंशाणुगत प्रणालीबारे सचेतना जगाउँदै जैविक विविधिता मनाइयो / पाल्पामा रैथाने धान लोप हुने चिन्ता ।
* कञ्चनपुरको भीमदत्त र दोधाराचाँदनी नगरपालिकाका सात वडा विपद् सङ्कटग्रस्त घोषणा / विकास निर्माणको काममा सेनाको सहयोग लिइने ।
* अरनिको राजमार्गको सूर्यविनायक धुलिखेल खण्डको काम निर्धारित समयमा नसक्किने निश्चित / हालसम्मको प्रगति ४७ प्रतिशत मात्रै ।
* मधेश प्रदेशको नीति तथा कार्यक्रममा मुक्त हरूवाचरूवाको पहिचानसहित पुनर्स्थापनाको माग / परिचयपत्र नहुँदा छुट्याइएकै बजेट अन्यत्र खर्च भएको गुनासो ।