प्रदेश विशेषमा आज,
* हुम्लाको तिल गाउँमा वर्षाबिनै बाढी आउँदा १८ घर विस्थापित / खानेपानीको मुहानदेखि जलविद्युत आयोजनामा क्षति ।
* नागरिक उन्मुक्ति पार्टीका संरक्षक र अध्यक्षबीच फेरि विवाद चुलियो / सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री सिफारिस मुख्य कारण ।
* लुम्बिनी प्रदेश सरकारअन्तर्गतका सहकारी संस्थाको अनुगमन मूल्याङ्कन सुरु / २३ वटा सहकारीमा समस्या ।
* भक्तपुरको बोडेस्थित कमलपोखरीको सौन्दर्यकरण रोक्न पुरातत्त्व विभागको निर्देशन / पुरानोस्वरूप बिगारेको आरोप ।