भारत-पाकिस्तान तनावका कारण स्थगित आईपीएल आजदेखि पुनः सुरू

आज बैंगलुरूले कोलकाताकाे सामना गर्ने
जेष्ठ ३, २०८२ |खेल ब्युरो
भारत-पाकिस्तान तनावका कारण स्थगित आईपीएल आजदेखि पुनः सुरू

काठमाडौं । भारत र पाकिस्तानबीच संघर्षविरामपछि इन्डियन प्रिमियर लिग-आईपीएल आज अर्थात् शनिबारदेखि पुनः सुरू हुने भएको छ। भारत-पाकिस्तान तनावका कारण रोकिएको आईपीएल एक हप्तापछि सुचारू लागेको हो।

आईपीएलको आधिकारिक संस्था बिसीसीआईले गत हप्ताको शुक्रबार प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो। उसले फ्रेन्चाइज क्लब, खेलाडी र ब्रोडकास्टरसँग मिलेर खेल रोक्ने निर्णय गरेको बताएको थियो। 

एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी पहलगाममा आतङ्कवादी आक्रमण भएपछि भारत-पाक तनाव बढ्दा यो निर्णय लिएइको थियो। आईपीएलमा अझैं १२ लिग खेल बाँकी छन। त्यसपछि चार प्ले अफका खेल हुनेछन्। यी खेलहरू अब बैंगलुरू, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा हुने आयोजकले जानकारी दिएको छ।

आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूले घरेलु मैदानमा कोलकाता नाइट राइडर्सको सामना गर्नेछ। यो खेल राति पौने ८ बजे सुरू हुनेछ। आईपीएल नेपालमा कान्तिपुर म्याक्समा पनि प्रत्यक्ष प्रसारण हुनेछ ।